समाचार

आजको राशिफल



आज २०७७ साल वैशाख ३० गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी, विश्व नर्स दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष (इवाविवुवेवो)

आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयपनि रहनेछ ।

मिथुन (काकिकुकेकोहा)

आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

कन्या (टोपापिपुपेपो)

दुरदराज वा परदेशमा रहेका आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ ।

तुला (रारिरुरेरोतातितुते)

मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरापनि मिलनेछ ।

मीन (दिदुदेदोचाचि)

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावनापनि छ ।

साभारः हाम्रो पात्रोबाट