समाचार

आजको मौसम



काठमाडौँ, ३० बैशाख । अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार अहिले देशभरीको मौसम भने पश्चिमी भूभागमा  सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य  बदली रहनेछ। देशको पहाडी भूभागका केही  स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति  देशको पुर्वी  र मध्य भूभाग लगायत पश्चिमी  पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ ।