राजनीति

हात्ती गौंडाको विकासमा कांग्रेसीको प्रचार ‘जो चोर उसकै ठूलो स्वर’



काठमाडौँ, ३१ वैशाख । भक्तपुर गुण्डु प्रबेश गर्ने मुख्य द्वार हात्ती गौडाँमा अहिले माटो काटेर १४ मिटरको फराकिलो बाटो बनाइएको रहेछ । त्यहाँ पुग्ने सम्पूर्ण यात्रु निकै खुसी भएको र कामको उच्च प्रशंसा गरेको पाइयो तर कांग्रेसका जिल्ला सचिब निशान ढुङ्गेलले उक्त सडक निर्माण गर्ने मुख्य पहलकर्ता भक्तपुरका सांसद महेश बस्नेतलाई आरोप लगाएर अन्तरवार्ता दिइएको हेरियो । कुरा बुज्दै जाँदा यो तथ्य बुजियो । उक्त गौडाँको माटो सोही एरियाको खाल्डो पुरेर फुट्सल भलिबल कोर्ट र बास्केटबल कोर्ट र मर्निङ्ग वाल्क परिसर निर्माण प्रक्रिया सुरु गरिदै रहेछ ।

फराकिलो पारिएको हात्ती गौंडा

साथै गुण्डुको कार्की गाउँ जाने हाक्के डाँडा जाने खोल्सी पुरेर विभिन्न ब्यक्तिले कब्जा गरेर खाएका ८ रोपनी जग्गा संरक्षण गरेर महत्वपूर्ण निर्माण कार्यको लागि उपयोग गर्न लागेको कुरा वडा अध्यक्ष रबिन्द्र सापकोटाले बताउनुभयो । उक्त खोल्सोको जग्गा कब्जा गर्ने मध्येका एक ब्यक्ति हुन स्थानीय कांग्रेस नेता तथा ०४९ सालका पुराना गाविस अध्यक्ष भेष बहादुर कार्कीले आफू अध्यक्ष हुँदा तत्कालिन कांग्रेसको सत्ताको आडमा ७ रोपनी कब्जा गरेर सोही स्थानमा पानीको इनार समेत बनाएर बसेका रहेछन ।

माटो पुरेर संरक्षण गरिएको ८ रोपनी जग्गा

कुरा के रहेछ भने बिहान ६ बजे देखिनै दाता खोजेर रक्सी पिएर हिड्ने भेष बहादुर कार्की र निशान ढुङ्गेल लगाएतका मान्छेहरुले आफूले कब्जा गरेको जग्गा पनि बचाउने र आरोप पनि अरुलाई लगाउने योजना अन्तरगतको प्लानमा दुस्प्रचार गरिएको कुरा नाम बताउन नचहाने एक जना गुण्डुको कांग्रेसले बताउनुभएको छ । स्वयम् निशान ढुङ्गेलको धेरै कर्तुतहरु छन् । आफू कटुन्जे घट्टेखोला खानेपानीको सचिब हुँदा भ्रष्टाचार गरेर साधारण सभा समेत गर्न नसकेको र फरार भएको कुरा सबैलाई थाहै छ । आवश्यकता अनुसार अन्य तथ्य पनि क्रमश सर्वजनिक गर्दै जाने छौं. । उहाँले थपे २/४ जना ब्यक्तिको गुटले भक्तपुर कांग्रेस दिन प्रतिदिन ध्वस्त पारिदैंछ यो सबै इमान्दार कांग्रेसको आवाज हो ।

माटो पुरेर संरक्षण गरिएको ८ रोपनी जग्गा

उक्त हात्तीगौडां गुण्डुको किवाचोक, राउत गाउँ, सुबणेश्वर महादेब स्थान र सूर्यविनायक सेनाको ब्यारेक जाने मुख्य ४ वटा बाटो जोडने मुख्य नाकामा पर्दछ । उक्त गौंडा बिस्तार तथा सडक निर्माणमा सांसद महेश बस्नेतको पहलमा संघिय सरकारको ४ करोड बजेट बिनियोजन भएको वडा नं ५ का अध्यक्ष राज कुमार जोशीले बताउनु भएको छ । साथै हाक्के डाँडाको माटो पुर्न त्यहाँ रहेको शिव मन्दिर मर्मत गर्न र बाल लगाउन कुनै सरकारी बजेट छुट्टीएको छैन् । सांसद बस्नेतको पहलमा स्थानीयको आर्थिक सहयोगमा भएको कुरा वडा सदस्य अर्जुन खतिवडाले बताउनुभयो ।