दोलखा, ३१ बैशाख । दोलखाको कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको टिपर दुर्घटना हुदा चालक मृत्यु भएको छ ।
गएराति करिब १२ बजे बा ४ ख ४७४४ नम्बरको उक्त टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेकाे जनाइएको छ । सो दुर्घटनामा परि भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामीको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्