राजनीति

भारतमा रेल चल्यो : नेपालमा त्रास



काठमाडौँ, ३१ वैशाख । भारतमा मंगलबारदेखि रेल सेवा सञ्चालनमा आएको छ । ‘रेड जोन’मा नपरेका क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ । ‘ग्रिन जोन’ क्षेत्रमा त गाडी नै चलाउन थालिएको छ । यससँगै नेपालमा झनै कोरोना भाइरस फैलिने जोखिम देखिएको छ । झापाका सीमावर्ती पाँच स्थानीय तहका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन् ।

‘५५ वर्ष सीमामा बिते, कहिले पनि असुरक्षा महसुस भएन । दसगजामा भारतीयलाई नै दाजुभाइ बनाएर जीवन बितायौं। अहिले कोरोनाले गर्दा भारत नै सबैभन्दा ठूलो समस्या भएको छ’, गौरीगन्ज गाउँपालिका–४ का शमशेर गणेश भन्छन्, ‘अब त भारतबाट कोही आए भने कोरोना लिएर आउने हो कि भन्ने लाग्छ । बच्चादेखि बूढाबूढीसम्म त्रसित छौं ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।