काठमाडौँ, ३१ बैशाख । अमेरिकामा मंगलबार एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६३० रहेकाे छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ६३६ पुगेको छ । त्यहाँ मंगलबार एकैदिनमा २२ हजार ८०२ नयाँ संक्रिमत थपिएका छन् । यसैगरी कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा हालसम्म ८३ हजार ४२५ मानिसको ज्यान गइसकेको छ । २ लाख ९६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।
मंगलबार न्युयाेर्कमा दैनिक मृत्यु संख्या ह्वात्तै बढेर १७२ पुगेकाे छ । यद्यपि त्यहाँ नयाँ संक्रमित भने मंगलबार घटेका छन् । मंगलबार १ हजार ५०४ नयाँ संक्रमित फेला परेकाे जनाइएकाे छ । कोरोनाका कारण अहिलेसम्म न्युयोर्कमा मात्रै २७ हजार १७५ को ज्यान गइसकेको छ । अर्को बढी प्रभावित राज्य न्युजर्सीमा पनि कोरोनाका कारण ९ हाजार २५४१ ले ज्यान गुमाएका छन् ।










प्रतिक्रिया दिनुहोस्