काठमाडौँ, १ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न पीसीआरको परीक्षण दायरा बढाउनका लागि सर्वोच्च अदालतले सरकारलाई आदेश लिएको छ ।
विहीबार अधिवक्ता कमलबहादुर खत्री, वीरेन्द्र कुमार खत्रीलगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै कोरोना महामारी नियन्त्रणका लागि पीसीआरको परीक्षण दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिएको हो ।
कोरोना भाइरससँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरेपनि सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।










प्रतिक्रिया दिनुहोस्