काठमाडौँ, २ जेठ । लकडाउनका बेला अघिल्ला दुई दिन खुलेको सेयर बजार पुनः बन्द गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर कारोबार स्थगित गर्न निर्देशन दिएसँगै कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।
अघिल्ला दुई दिन खुलेको सेयर बजार लगातार २ – २ प्रतिशतका दरले घटेपछि बीचमै सर्किट ब्रेक लागेको थियो। खुलेको दुई दिनमा बजार ५० अंकले घटेको छ। हाल नेप्से परिसूचक १२०१ अंकमा छ ।
लकडाउनका बेला खुलेको सेयर बजारमा पहिलो दिन १० करोडको कारोबार भएको थियो भने दोस्रो दिन ३६ लाखमा सीमित भएको थियो ।










प्रतिक्रिया दिनुहोस्