काठमाडौँ, २ जेठ । विश्वभर कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख नाघेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३ हजार ७० पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४५ लाख २१ हजार १७७ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १७ लाख २ हजार ११३ उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै कोरोनाबाट अमेरिकामा ८९ हजार ९०१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ४५ हजार ८२८ पुगेकाे छ । संक्रमितमध्ये ३ लाख १७ हजार ९८८ भने पूर्णरूपमा निको भइसकेका छन् । यता स्पेन अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ७२ हजार ८४६ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ३२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८६ हजार ४८० भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
रूसमा अहिलेसम्म २ लाख ५२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ३०५ पुगेकाे छ । संक्रमितमध्ये ५३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । त्यस्तै अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३३ हजार ६१४ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ३३ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।
अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३१ हजार ३६८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २३ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख १५ हजार पूर्णरूपमा निको भइसकेका छन् । ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख २९ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १३ हजार ९९३ पुगेकाे छ । संक्रमितमध्ये ७९ हजार ४७९ पूर्णरूपमा निकाे भएका छन् ।
यता फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७८ हजार ८७० पुगेकाे छ भने मृत्यु हुनेको संख्या २७ हजार ४२५ पुगेको छ । संक्रिमतमध्ये ५९ हजार ६०५ पूर्णरूपमा निको भइसकेका छन् ।
त्यस्तै यता जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७४ हजार ९७५ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ९२८ पुगेको छ । अहिले जर्मनीमा १६ हजार ७४७ मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५० हजार भने पूर्णरुपमा निको भइसकेका छन् । टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजारकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख ४ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् ।
त्यस्तै अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ८५४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १४ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९० हजार निकाे भएका छन् ।
चीनमा भने अहिले १०१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९२९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्