समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



उदयपुर, २ जेठ । चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गई साँझपख घर फर्कने क्रममा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवारको  चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ  । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ ।