समाचार

विराटनगरबाट एक कोरोना संक्रमित डिस्चार्ज



विराटनगर, २ जेठ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएका थप एकजना बिहीबार डिस्चार्ज भएका छन् ।

केन्द्रमा राखेर उपचार हेरचाह गरिएका भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेको जनाइएको छ । उक्त केन्द्रमा राखिएकामध्ये उनीसहित डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ ।

उदयपुरको भुल्केमा रहेका सुल्तानको परीक्षण गर्दा गत वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो । डिस्चार्जपछि उनलाई रानीस्थित क्‍वारेन्टाइनमा राखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।