Banner News

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो : राष्ट्रपति भण्डारी



काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको स्पष्ट पार्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले छिमेकी मुलुकले नेपालको भूमि अतिक्रमण गरिरहेको उल्लेख गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमिमा भारतीय हस्तक्षेत्रविरुद्ध सरकारले कुटनीतिक पहलको माध्यमबाट समस्या समाधान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गरी तत्काल नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित समेटेकोको नेपालको आधिकारीक नक्सा तत्काल प्रकाशित गर्ने समेत बताउनुभयो ।