काठमाडौँ, ४ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा अवस्था झन भयावह हुँदै गएकाे छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमित संख्या ९० हजार ६४८ पुगेकाे छ ।
भारतमा पछिल्लाे २४ घण्टामा (शनिबार) मात्रै भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका छन् । शनिबार मात्र काेराेना संक्रमणबाट ११८ काे ज्यान गएकाे छ । यससँगै भारतमा अहिलेसम्म काेराेनाबाट २ हजार ८ सय ७१ काे मृत्यु भइसकेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।
त्यहाँ संक्रमितमध्ये भारतमा ३४ हजारभन्दा बढी मानिस उपचारपछि निकाे भएर घर फिर्किएका छन् । भारतमा अहिले ५३ हजार ५५३ जनामा कोरोना भाइरस सक्रिय छ ।










प्रतिक्रिया दिनुहोस्