विश्व

अमेरिकामा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९० हजार नाघ्याे



काठमाडौँ, ४ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेकाे संख्या ९० हजार १ सय ३३ पुगेकाे छ । जसमा १ हजार २ सय १८ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ ।

शनिबार मात्रै अमेरिकामा २३ हजार ८४४ जना काेराेना संक्रमित भेटिएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ । याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख ७ हजार ७७३ पुगेकाे छ । कुल संक्रमितमध्ये ३ लाख ३९ हजार २३२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी १० लाख ७८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा अहिलेसम्म ३ लाख ५८ हजार संक्रमित भएका छन् भने २८ हजार १४३ जनाकाे मृत्यु भइसकेकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार २६० पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ४६ हजार पुगेकाे छ ।