काठमाडौँ, ४ जेठ । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज पाँच बजे मन्त्री परिषद्को बैठक बस्ने भएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको समय थप गर्ने विषयमा निर्णय लिने बताइएको छ ।
नेपालमा कोरोनाको संक्रमणले नै एक जनाको मृत्यु समेत भइसकेको साथै तिव्र गतिका साथ संक्रमण फैलने क्रममा रहेकाले लकडाउन बढ्ने स्रोतले बताएको छ । समाचार तयार पार्दासम्म नेपालमा दुई सय ९१ जनामा कोरोना संक्रमण भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनको बारेमा सिफारिसको बारेमा बिस्तृत छलफल हुने बताइएको छ । समितिको बैठक २:३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिहदरवारमा बस्दै छ ।
आगामी दिनमा लकडाउनको मोडेल, बजेटको तयारी, सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन कसरी गर्ने ? साथै बैठकमा नियमित सरकारका काम कारवाहीको विषयमा छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्