काठमाडौँ, ४ जेठ । रामेछाप, ताप्लेजुङ र कञ्चनपुरमा गरी तीनि जना मृत अवस्थामा फेला परेका छन् ।
शनिबार दिउँसो रामेछापको मन्थली नगरपालिका-११ घुसिनीस्थित तामाकोशीनदीको किनारमा परिचय नखुलेकी करिब ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी बिहीबार घरबाट निस्किएर हराएकी ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका-१ नाङखोल्यङबस्ने ६१ वर्षीया अर्थमाया राई फुङलिङ नगरपालिका-६ सिद्दिडाँडा छेउ हिरोखोल्सामा मृत अवस्थामा फेला परेकी छन् । उनको खोजी गर्ने क्रममा शनिबार बिहान उक्त ठाउँमा शव फेला परेको हो ।
यसैबीच कञ्चनपुरको भिमदत्त नगरपालिका-४ स्थित बसपार्क नजिक डेरा गरी बस्ने ६२ वर्षीय बल बहादुर थापा पनि उनकै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्