Banner News

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



काठमाडौँ, ४ जेठ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।