धनकुटा, ५ जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल आसपाससहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतबार राति सम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद बिमलीले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्