काठमाडौँ, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद किसान श्रेष्ठले आफु, सांसद महेश बस्नेत तथा पूर्वआईजीपी सर्वेन्द्र खनालमाथि लगाएको आरोप प्रमाणीत गरे सार्वजनिक रुपमा झुण्डिन तयार रहेको बताउँदै आरोप लगाउनेले प्रमाणीत गर्न चुनौति दिनुभएको छ ।
आज प्रतिनिधिसभाकामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले आरोप प्रमाणीत गर्न नसके आरोप लगाउनेहरु पनि सार्वजनिक ठाउँमा झुण्डिन तयार छन् ? भनि प्रश्न समेत गर्नुभयो ।
डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भनि तीन जनालाई लगाईएको आरोपले आफ्नो चरित्र हत्या गर्ने कार्य भएको भन्दै आरोप प्रमाणीत गर्न चुनौति दिुनभयो । उहाँले आरोप प्रमाणीत नगरे डा. बाबुराम भट्टराई, सुरेन्द्र यादव, आङकाजी शेर्पा, हिसिला यामी, विश्वदिप पाण्डेले सार्वजनिक रुपमा भुण्डिने आट चुनौति समेत दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्