काठमाडौँ, ६ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या १ लाख नाघेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । त्यहाँ साेमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ । त्यहाँ साेमबार मात्र १३१ जनाकाे कोरोना संक्रमणबाट ज्यान गएकाे छ । संक्रमितमध्ये भारतमा ३९ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।
भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्