विश्व

काेराेन भाइरसबाट मर्नेकाे भन्दा निकाे हुनेकाे संख्या ६ गुणा बढी



काठमाडौँ, ६ जेठ । कोरोनाभाइरस (काेभिड-१९) संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा झण्डै ६ गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ पुगेकाे छ । संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये १९ लाख ७ हजार १२५ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ५.९५ गुणा बढी हाे ।  याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३९ प्रतिशत निकाे भएकाे छ भने ६.५४ प्रतिशत मृत्यु भएकाे छ ।

त्यस्तै अमेरिकामा ९१ हजार ९८१ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १५ लाख ५० हजार पुगेकाे छ । संक्रमितमध्ये ३ लाख ५६ हजार भने पूर्णरूपमा निको भइसकेका छन् ।

रूसमा अहिलेसम्म २ लाख ९० हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ७२२ पुगेकाे छ । संक्रमितमध्ये ७० हजार बढी पूर्णरूपमा निकाे भएका छन् । यता स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ७८ हजार पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ७०९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

ब्राजिललाई पनि काेराेनाबाट संक्रमित हुनेकाे संख्या २ लाख ५५ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १६ हजार ८५३ पुगेकाे छ । संक्रमितमध्ये एक लाख पूर्णरूपमा निकाे भएका छन् । त्यस्तै अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३४ हजार ७९६ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ४६ हजार नाघेकाे छ ।

यता इटालीमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २५ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख २७ हजार पूर्णरूपमा निको भइसकेका छन् । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७९ हजार९२७ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार २३९ पुगेको छ । संक्रिमतमध्ये ६१ हजार पूर्णरूपमा निको भइसकेका छन् ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७७ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार १२३ पुगेको छ । अहिले त्यहाँ १४ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५४ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५० हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार १७१ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख ११ हजार बढी भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ५७ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २२ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार निकाे भएका छन् । यता चीनमा भने अहिले ८५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २४१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९९० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।