देउखुरी, ६ जेठ । सामुदायीक वन दाङ लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको परेपछि उपभोक्ताले फिर्ता गरेका छन् ।
राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागिलगिएको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता लिइएको हो । दाङ लमहीको आर।के। सप्लायर्सले विक्री गरेको चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १६४ बोरा चामल लगेकोमा १३२ बोरा चामल कुहीएको, मक्कीएको अवस्थामा फेला पारेपछि फिर्ता गर्नको लागि लमही ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले जानकारि गराए ।
एक हजार एकसय २५ रुपैयाँ प्रति बोरा मुल्य परेको उक्त चामल देख्दा कालो सडेको र धुलैधुलो देखिन्छ । अहिले उक्त सप्लायर्सको चन्दन जातको चामल राखीएको गोदाम सिल गरिएको र थप अनुसन्धान पश्चात सम्बन्धित निकायले कारवाही गर्ने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताएका छन ।
चामल फिर्ता गराउन र आउन जाने दुवानी क्षेतीपुर्ती स्वरुप उपलव्ध गराउन सप्लायर्सको प्रोपाइटर सहमभत भएका छन् । प्रोपाइटर आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफुहरुले नहेरेको कारण समस्या भएको बताएका छन् । अहिले उक्त सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको एकसय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ ।
वडा प्रहरी कार्यालय,उद्योग बाणिज्य संघ, पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए ।










प्रतिक्रिया दिनुहोस्