समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



कञ्‍चनपुर, ६ जेठ । कञ्‍चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म.२प ५२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वेदकोट नगरपालिका ३ का मोहन चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका अनुसार भीमदत्तनगरदेखि वेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ