समाचार

भक्तपुरका संक्रमित फोहोरमैला बोक्ने गाडी चालक



भक्तपुर, ७ जेठ । मंगलबार पुष्टि भएका भक्तपुरका कोरोना संक्रमित भक्तपुर निवासी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको छ ।

महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्‍याएको र परिवारको अन्य सदस्य निगरानीमा प्रहरीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ ।