विश्व

विश्वभर कोरोना संक्रमितको संख्या ४९ लाख ८२ हजार नाग्यो



काठमाडौँ, ७ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ४९ लाख ८२ हजार ८७५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख २४ हजार ५३५ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १९ लाख ५६ हजार ३६१ जना पुगेको छ ।

अमेरिकामा संक्रमित हुनेको संख्या १५ लाख ७० हजार ५८३ जना पुगेको छ । अमेरिकापछि रसियामा बढि संक्रमित देखिएको छ । अहिलेसम्म रसियामा २ लाख ९९ हजार ९४१ जना, स्पेनमा २ लाख ७८ हजार ८०३ जना, ब्राजिलमा २ लाख ७१ हजार ८८५ जना र बेलायतमा २ लाख ४८ हजार ८१८ जनामा संक्रमण देखिएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus