काठमाडौँ, ७ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) मंगलबार एकैदिनमा ६ हजार १४७ नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ४७५ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३०२ पुगेको छ । त्यहाँ मंगलबार मात्र कोरोना संक्रमणबाट १४६ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये भारतमा ४२ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।
भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्