समाचार

दुई जना नक्कली स्वास्थ्यकर्मी पक्राउ



काठमाडौँ, ७ जेठ । डडेलधुरामा दुई नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

बुधबार बिहान १० बजे भिमदत्तपन्त राजमार्ग अन्तर्गत स्याउलीमा चेकिङ गर्ने क्रममा मोटरसाइकलमा नक्कली कार्ड लगाएर हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले अर्कै व्यक्तिको कार्ड लगाएर हिँडेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूमाथि संक्रमण ऐन २०२० अन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।