File photo
काठमाडौँ, ७ जेठ । नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभाबाट पारित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई समितिको छलफलमा उठेका विषयहरू समावेश गरिएको बताइन् ।
मुलुकको सुरक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र नेपाली नागरिकको सुरक्षासँग जोडिएको कुराहरू समितिमा छलफल भएकाले त्यसलाई अगाडी बढाउदै जानुपर्ने उनको भनाइ थियो । पारित विधेयक अव प्रतिनिधिसभामा जानेछ ।










प्रतिक्रिया दिनुहोस्