समाचार

लकडाउन उल्लङ्घन गर्ने २ हजार बढि गाडी प्रहरी नियन्त्रणमा



काठमाडौँ, ८ जेठ । लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय वटा गाडीलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

बिहीबार बिहानै उपत्यकाका विविन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् ।

२६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी रहेका ट्राफिक प्रहरीले जनाएको छ ।