विश्व

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ८० हजार नाग्यो



काठमाडौँ, ८ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर अहिलेसम्म कुल ५० लाख ८० हजार २४३ जना संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसबाट हालसम्म उपचारपछि घर फर्किने संख्या २० लाख २० हजार ७१ जना उपचारपछि घर फर्किएका छन् । यस्तै, कोरोना भाइरसबाट ३ लाख २९ हजार १८१ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ३ लाख ७० हजार ५८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, जर्मनीमा १ लाख ५६ हजार ९०० जना, इटालीमा १ लाख ३२ हजार २८२ जना र ब्राजिलमा १ लाख १६ हजार ६८३ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित हुनेको संख्या १५ लाख ९१ हजार ३७४ जना पुगेको छ । अमेरिकापछि रसियामा बढि संक्रमित देखिएको छ । अहिलेसम्म रसियामा ३ लाख ८ हजार ७०५ जना, ब्राजिलमा २ लाख ९१ हजार ५७९ जना, स्पेनमा २ लाख ७९ हजार ५२४ जना र बेलायतमा २ लाख ४८ हजार २९३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ९४ हजार ९१९ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३५ हजार ७०४ जना, इटालीमा ३२ हजार ३३० जना, फ्रान्समा २८ हजार १३२ जना र स्पेनमा २७ हजार ८८८ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus