समाचार

ट्यूनिसिया उड्यो श्री एयरलाइन्स



काठमाडौँ, ८ जेठ । श्री एयरलाइन्सको सीआरजे बम्बाडियर जहाज आज बिहान ट्युनिसियाका लागि उडेको छ ।

शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा ज्यान गुमाएका एक सैन्य अधिकारीलाई लिएर यो जहाज शुक्रबार काठमाडौं आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

शान्ति सेनामा खटिएका सैनिकहरुको मृत शरीर स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ । विमानस्थल कार्यालयका अनुसार ट्यूनिसिया पुग्न यो जहाजले भारत, पाकिस्तान, ओमान, साउदी अरेबीया, इजिप्ट र लिवियाको आकास प्रयोग गर्नेछ ।