Banner News

सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं: मन्त्री अर्याल



काठमाडौँ, ९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अक्षुण राख्न जस्तोसुकै कठि यात्रा गर्न समेत नेपाल सरकार तयार रहेको उद्घोष गर्नुभएको छ ।

नेपाल सरकारले हिजो नयाँ राजनीति तथा प्रशासनिक नक्सा जारी गरेसँगै नेपाली जनताबाट चौतर्फिरुपमा स्वागत भइरहेको समयमा मन्त्री अर्यालले जनताले सुम्पिएको दायित्व एक एक गरेर पुरा गर्ने कर्तव्य सरकारको भएको उल्लेख गर्नुभएको । आफ्नो माटो प्राण भन्दा पनि प्यारो ठान्ने नेपाली जनताको नसा नसामा बगिरहेको रगतमा राष्ट्रियताको भाव उर्लिएको यो क्षणमा हामी सर्वाधिक खुशी रहेको उल्लेख गर्दै मन्त्री अर्यालले मातृभुमि प्रति सधैं ईमान्दार रहि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको उद्घोष गर्नुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जनताले सुम्पिएको दायित्व एक एक गरेर पुरा गर्ने कर्तव्य हाम्रो हो । आफ्नो माटो प्राण भन्दा पनि प्यारो ठान्ने नेपाली जनताको नसा नसामा बगिरहेको रगतमा राष्ट्रियताको भाव उर्लिएको यो क्षणमा हामी सर्वाधिक खुशी छौं । मातृभुमि प्रति सधैं ईमान्दार रहि सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं । नेपाल सरकारलाई राष्ट्रियताको पक्षमा सतिसाल जस्तै उभिन प्रेरित गर्ने सम्पुर्ण नेपाली जनतालाई हार्दिक सम्मान व्यक्त गर्दछु । नेपालको नक्सामा छुटाईएको लिम्पियाधुरा सहितको भुभागलाई समेटेर अद्यावधिक गरिएको राजनीतिक, प्रशासनिक नक्सा प्रकाशनका गर्न लागि सल्लाह सुझाव सहित साथ सहयोग दिनु हुने नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० सहित सबै राजनीतिक दल, शिर्ष नेतृत्व, अहोरात्र खट्नु हुने सिमा बिद्, विज्ञ, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी मित्रहरु एवं सम्पूर्ण सञ्चारमाध्यमप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । हामी सबै नेपाली एकताताबद्ध हुन सक्यौं भने जस्तो सुकै भिमकाय चुनौतीलाई पनि सामना गर्ने गर्न सक्ने सामर्थ्य हुन्छ । सिमासँग जोडिएका बाँकी अभिभारा पुरा गर्न एकाकार भएर अगाडि बढौं ।’