Banner News

मन्त्रीपरिषद् बैठकका ३ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ९ जेठ । सरकारले शुक्रवार बसेको मन्त्री परिषद्का तीन वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।

आज प्रधानमनत्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले गरेको महत्वपूर्ण तीन निर्णयहरु अर्थ तथा सञ्चारमन्त्री डा. युवराज अतिवडाले सार्वजनिक गर्नुभएको छ ।

निर्णयहरु,

१. संविधान संशोधन गर्ने (अनुसूची तीन अन्तरगत नेपालको निशान छाप परिवर्तन गर्ने)
२. केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको ऐन जगाउने (जनीतिक दल दर्तासम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको खारेजी र जगाउने अध्यादेशको प्रतिस्थापन विधेयक)
३. मुस्मिल धर्मावलीको दिन सार्वजनिक दिने

कार्यक्रममा बोल्दै मन्त्री डा. खतिवडाले नेपाल भारतको सीमा विवाद कुटनीतिक रुपमा वार्ता तथा छलफलको माध्यमबाट नै समाधान गर्न नेपाल सरकार तयार रहेको उल्लेख गर्दै प्रमाणकै आधारमा सीमा समस्या समाधान गर्ने आफ्नो भूमि फिर्ता ल्याउने बताउनुभयो । उहाँले वार्ता नै अहिलेको विकप्प भएको र त्यसो नभए सोही परिस्थिती अनुसार पछि नै योजना अघि बढाउने समेत बताउनुभयो ।