आज २०७७ साल जेठ १० गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष प्रतिपदा, गोसाइकुण्ड स्नान आरम्भशनिबार, जेठ १०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज घरपरिवारसंग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौकापनि मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको समझना आउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनपर्ने खनेकुरा पाईनेछ । बढी मिहनेतले बढी फाईदा मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावनाछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।
साभारः हाम्रो पात्रोबाट










प्रतिक्रिया दिनुहोस्