विश्व

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५२ लाख ९७ हजार नाग्यो (सूचिसहित)



काठमाडौँ, १० जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ५२ लाख ९७ हजार २१८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ३ लाख ३९ हजार ३६६ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या २१ लाख ४९ हजार ७५५ जना पुगेको छ ।

अमेरिकामा संक्रमित हुनेको संख्या १६ लाख ४४ हजार ३३१ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ९७ हजार ६१२ रहेको छ । त्यस्तै ब्राजिलमा ३ लाख ३० हजार ८९० जना, रसियामा ३ लाख २६ हजार ४४८ जना, स्पेनमा २ लाख ८१ हजार ९०४ जना र बेलायतमा २ लाख ५४ हजार १९५ जनामा संक्रमण देखिएको छ ।

बेलायतमा ३६ हजार ३९३ जना, इटालीमा ३२ हजार ६१६ जना, स्पेनमा २८ हजार ६२८ जना र फ्रान्समा २८ हजार २८९ जनाको मृत्यु भएको छ । हालसम्ममा अमेरिकामा ३ लाख ९७ हजार ५५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, जर्मनीमा १ लाख ५९ हजार जना, इटालीमा १ लाख ३६ हजार ७२० जना र ब्राजिलमा १ लाख ३५ हजार ४३० जना उपचारपछि घर फर्किएका छन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

काठमाडौँ, १० जेठ ।

साभारः https://www.worldometers.info/coronavirus