काठमाडौँ, १० जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या १ लाख २४ नाघेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७९४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८२४ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६९ हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।
भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्