एजेन्सी, १० जेठ । बेलायतमा कोरोना भाइरस संक्रमणको नयाँ परीक्षणको विकास गरिएको छ ।
२० मिनेटमा नै कोरोना नेगेटिभ अथवा पोजिटिभ के हो भनेर पत्ता लगाउने परीक्षणको विकास गरिएको छ । यो परीक्षण गरेपछि प्रयोगशालामा लैजान नपर्ने बताइएको छ ।
परीक्षणको २० मिनेटमा नै कोरोना पत्ता लगाउन सकिने परीक्षणको विकास गरेको स्वास्थ्य सचिव म्याट ह्यान्ककले घोषणा गरेका हुन् । स्वाब टेष्टमा जो कसैलाई वर्तमानमा कोरोना छ की छैन भनरे देखाउन सकिन्छ, । सचिव ह्यान्ककले आजदेखि नयाँ परीक्षण हुने र केही हप्तामै बाहिर निकाल्न सकिने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्