काठमाडौँ, १० जेठ । थप ३६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् ।
बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या भने ७० रहेको छ ।










प्रतिक्रिया दिनुहोस्