काठमाडौँ, ११ जेठ । हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । यसैगरी हाल देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको मध्य र पूर्वी भूभागहरुमा सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने छ भने मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति भने देशको पहाडी भूभागहरुमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्