विश्व

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख १ हजार नाग्यो (सूचिसहित)



काठमाडौँ, ११ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ५४ लाख १ हजार २२२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ३ लाख ४३ हजार ७९८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसबाट  उपचारपछि घर फर्किने संख्या २२ लाख ४७ हजार ९८ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा अमेरिकामा ४ लाख ४६ हजार ९१४ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, जर्मनीमा १ लाख ५९ हजार ९०० जना, ब्राजिलमा १ लाख ४२ हजार ५८७ जना र इटालीमा १ लाख ३८ हजार ८४० जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा संक्रमित हुनेको संख्या १६ लाख ६६ हजार ८२८ जना पुगेको छ । त्यस्तै अहिलेसम्म ब्राजिलमा ३ लाख ४७ हजार ३९८ जना, रसियामा ३ लाख ३५ हजार ८८२ जना, स्पेनमा २ लाख ८२ हजार ३७० जना र बेलायतमा २ लाख ५७ हजार १५४ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा ९८ हजार ६८३ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३६ हजार ६७५ जना, इटालीमा ३२ हजार ७३५ जना, स्पेनमा २८ हजार ६७८ जना र फ्रान्समा २८ हजार ३३२ जनाको मृत्यु भएको छ ।

साभारः https://www.worldometers.info/coronavirus