काठमाडौँ, ११ जेठ । जापानकी व्यवसायिक महिला कुस्ती(रेस्लर) खेलाडी हाना किमुराको निधन भएको छ ।
२२ वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी छन् ।
किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको निधनको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ । उहाँको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् ।
मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गरेकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर पाेस्ट गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्