राजनीति

‘जहाँ जनताको समस्या–त्यहीँ समाधान’ गर्दै सांसद भट्टराई



खोटाङ, १२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद विशाल भट्टराई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान पक्षमा अटल तथा अडिकमात्र नभई जनताको दुःख सुखको सारथीको रुपमा समेत रहनुभएको छ ।

सांसद भट्टराई समृद्ध खोटाङ : सुखी जनताको अभियानलाई सार्थक बनाउने लक्ष्यका साथ दैनीक व्यतित गरिरहनुभएका सांसद मध्येका एक उदाहरणको रुपमा लिन सकिन्छ । पटक पटक जनताले निर्वाचित गरी संघिय संसदको जिम्मेवारी संहाल्नुभएका सांसद भट्टराईले खोटाङको विकास र समृद्धिको यात्रालाई व्यापक बनाउनुभएको छ । आफ्नो जिल्लाका चाहे महामुकम्पको विपद्मा होस् यात कोरोनाको महामारिको विपद्मा होस्, वा अन्य जुनसुकै समस्यामा होस् जनताको समस्या नै आफ्नो समस्या ठान्ने सांसद भट्टराई जनताको सारथीको रुपमा स्थापीत हुनुभएको छ ।

कानून व्यवसायी तथा समाजसेवी गोपीकृष्ण न्यौपाने भन्नुहुन्छ, ‘माननीय विशाल भट्टराई ज्यूलाई म पढेको खोटाङ जिल्लाको जनप्रतिनिधि पनि भएर होला, राम्रैसँग नजिकबाट चिनेको नाताले आज केही भन्न सकिन्छ, अहोरात्र खोटाङ्गको विकास तथा खोटाङे जनताको बीचमा रहेर खोटाङ्गवासीहरुको सुख दुस्खमा लागिरहने सादा जीवन उच्च विचार भएका थोरै प्रतिनिधिसभा सदस्य मध्ये एक हुनुहुन्छ । उहाँसँग जुनसुकै बेला फोन सम्पर्क हुन्छ, उहाँसँग तीनपटक माननीय हुँदा पनि गाडी छैन । डेरामा बस्नुहुन्छ, अत्यन्त सरल स्वभावका सूसानको क्षेत्रमा लागि पर्नुहुने पटक–पटक खोटाङे जनताले अनुमोदन गरेर पठाएका जनप्रतिनिधिलाई राज्यको अग्र स्थानमा राखेर काम जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो पनि मान्यता हो ।’

कुनै पनि तहको सरकारबाट प्राप्त बजेटलाई शतप्रतिशत कार्यान्वयनमा ल्याउने कमै सांसद मध्येका एक व्यक्तिको रुपमा लिने नाम हो, सांसद विशाल भट्टराई । उहाँले आयोजनाको कार्यान्वयनलाई तदारुपताका साथ अघि बढाउनुभएको छ, जसले भौतिक पूर्वाधारको साथमा सडक, खानेपानी, पुल, स्वास्थ्य, शिक्षा, विद्युत, यातायातलगायतका क्षेत्रमा खोटाङको मुहार परिवर्तन गराउने नेतृत्वदायी अभियान्ता बन्नुभएको छ ।

अधिवक्त न्यौपाने भन्नुहुन्छ, ‘गाउँ विकासको लागि जनप्रतिनिधिलाई जिम्मेवार बनाएर बजेट बिनियोजन गर्दा लगभग शतप्रतिशत विकास खर्च हुनसक्छ भनेर उहाँले प्रमाणित गरिसक्नु भएको छ । अहिले खोटाङका जनताले घर नजिकै सडक पाएका छन, खानेपानी पाएका छन, विजुली बाल्न पाएका छन्, हरेक सामुदायिक विद्यालयलाई सबल बनाउँदै लगिएको छ र स्वास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएका छन् । सबैभन्दा महत्त्वपूर्ण योजना त हलेसी गुरुयोजना पनि हो । गुरुयोजनामा ‘महादेव गुफा, मन्जुश्री गुफा, किरात ऐतिहासिक उत्पत्तिको थलो तुवाचुङ जायजमुम, होलेसुङ, ककनीडाडा’ लगायतलाई प्राथमिकतामा राखिएको छ । यो गुरुयोजना पारित गराउन उहाँले खेल्नुभएको भूमिका अविष्मरणीय छ, अरु नेताको लागि अनुकरणीय छ ।’

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा समेत अत्यावश्यक सामाग्रीहरु जिल्लामा नै व्यवस्थापन गराई जिल्लामा दैनिक जीविकोपार्जन गर्न समस्यामा परेकालाई गासको व्यवस्थापनमा समेत आफै सकृयता पूर्वक खट्नुभएको थियो ।

समाजसेवी न्यौपाने भन्नुहुन्छ, ‘लकडाउनको जोखीममा समेत खोटाङ जिल्लामा आफैले किट्स र मेडिकल सामाग्री पुर्याउनु मात्र भएन कोही खोटाङे भोको नपरोस भनेर आफै चामलको बोरा बोकेर खट्ने माननीयज्यूको खुट्टा तान्ने काममा कोही लाग्छ भने उसैको खुट्टो चिप्लिनेछ, आफूले खनेको खाल्डोमा आफै पर्नेछ । गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ, यत्रो कोभिड कहरको बेला स्वास्थ्य मन्त्रालयसँग अनुनय विनय गरेर प्राप्त गरेका मेडिकल सामाग्री खोटाङ पुर्याएर सैयौं व्यक्तिको प्रयोगशाला परीक्षण गराउनु के कुनै अपराध थियो त ? विभिन्न जोखिम मोलेर भएपनि खोटाङे जनताको लागि दौडधुप गरेर राहत सामाग्री घर घरमा पुर्याउनुले कसलाई के बाधा पर्यो ? यस्तोमा त के सत्तापक्ष या के प्रतिपक्षी सबै एकजुट हुनुपर्ने होइन र ? यस्तो गरेर विपद्मा रेखदेख गर्ने जनप्रतिनिधीको विरुद्ध कसैले विज्ञप्ति निकाल्दैमा केही हुनेवाला छैन, उनीहरुलाई नै पश्चताव हुनेछ ।’