समाचार

मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्र, घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै



काठमाडौँ, १२ जेठ । आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्वमध्येकाे एक इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् ।

एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । तर यस वर्ष भने विश्वव्यापी काेराेना भाइरस महामारीका बीच याे पर्व घरभित्रै सीमित भएकाे छ । सार्वजनिक स्थान (मस्जिद) मा भेला भएर प्रार्थना गर्न निषेध गरिएपछि मुस्लिम समुदायहरू घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईद उल फित्र – ‘ईद’ र ईदुज्जुहा – ‘बकरी ईद’ हुन् । यी दुईमध्ये पहिलो पर्व ईदु उल फित्र हाे । रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा याे मनाइन्छ । यस क्रममा नेपाल सरकारले अाज सार्वजनिक बिदा समेत दिएकाे छ ।/