समाचार

टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते



भक्तपुर, १३ जेठ । भक्तपुरको नयाँ ठिमी चोकमा टिप्परको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी घाइते भएका छन् ।

साेमबार राति  बा ४ ख ४७०१ नम्बरको टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भई  महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

उनको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।