काठमाडौँ, १३ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे संख्या १७ लाख नाघेकाे छ भने करिब १ लाख मानिसकाे मृत्यु भइसकेकाे छ ।
वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अहिलेसम्म १७ लाख ६ हजार २२६ जना भाइरसबाट संक्रमित भइसकेका छन् । आज बिहानसम्म अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ९९ हजार ८०५ पुगेकाे छ । अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ६४ हजार ६७० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ११ लाख ४१ हजारभन्दा बढी संक्रमित हाल उपचाररत छन्, जसमध्ये १७ हजारबढीकाे अवस्था खतरापूर्ण रहेको जनाइएको छ ।
त्यस्तै अहिलेसम्म न्यूयोर्कमा ३ लाख ७२ हजारभन्दा मानिस संक्रमित भएका छन् भने २९ हजार ३१० जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ साेमबार १ हजार ३०१ जना नयाँ संक्रमित थपिएका छन् भने ७९ जनाकाे मृत्यु भएकाे छ ।
यता न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १५५ पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५६ हजार नाघेकाे छ ।










प्रतिक्रिया दिनुहोस्