काठमाडौँ, १३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ४ हजार १७२ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ४४ हजार ९५० पुगेकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार एकैदिनमा ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका छन् भने १४८ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ६० हजार ७०६ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८० हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे छ ।
भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्