समाचार

मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ



सप्तरी, १४ जेठ । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

घरकै आइसोलेसनमा रहेकी कञ्चनरुप नगरपालिका- ११ ठेलियाकी २४ वर्षीया गर्भवती महिलाको  मंगलबार नै दाह संस्कार गरिएको थियो ।

सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीका अनुसार उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । परीक्षणपछि उनको रिपोर्ट नेगेटिभ आएको  छ ।

उनका परिवारका चार जनालाई नगरपालिकाले पीपीई उपलब्ध गराएर दाह संस्कार गर्न दिएको थियो ।