समाचार

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा पुग्यो



काठमाडौँ, १४ जेठ । सगरमाथाको उचाइ नाप्नको लागि चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ ।

नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । नापी विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

सगरमाथाको उचाइ ८ हजार ८४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ ।