Banner News

स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन



काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक ०७७/७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै सरकारले पर्यटन पूर्वाधारका लागि १ अर्ब २६ करोड विनियोजन गरिएको छ ।  कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न हवाई सेवा, पर्ततारोहण, होटललाई करमा छुट दिने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् । एक प्रदेश एक पर्यटकीय अवधारणा अगाडि सार्दै उनले निजी क्षेत्रको समेत सहभागितामा नयाँ पर्यटकीय पूर्वाधार विकास गरिने बताए ।

पर्यटन विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यत्ता अध्ययन गर्ने घोषणा गरेको अर्थमन्त्री खतिवडाले पर्यटकीय विकास कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।