काठमाडौँ, १६ जेठ । सरकारले आगामी वर्ष एक हजार तीन सय मेगावाट बिजुली थपिने बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको प्रतिनिधिसभा र राष्ट्रिष्य सभाको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ । यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन् ।
माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ । ‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्लालगायतका आयोजनाहरू पनि अघि बढाइने खतिवडाले बताएका छन् । यस्तै, नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना पनि सरकारले बजेटमा ल्याएको छ ।










प्रतिक्रिया दिनुहोस्